YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 89:1-8

भजनसंग्रह 89:1-8 NNRV

म परमप्रभुको महान्‌ कृपाको प्रशंसा सधैँको निम्‍ति गाउनेछु, सबै पुस्‍तासम्‍म म तपाईंको विश्‍वस्‍तता मेरै मुखले जनाउनेछु। तपाईंको कृपा सदाको निम्‍ति दृढ़ रहिरहनेछ, र स्‍वर्गमा नै तपाईंले आफ्‍नो विश्‍वस्‍तता स्‍थिर गर्नुभयो भनी घोषणा गर्नेछु। तपाईंले भन्‍नुभयो, मैले मेरो चुनेकोसँग करार बाँधेको छु, मेरो दास दाऊदसित मैले यो शपथ खाएको छु: ‘म तेरा सन्‍तानलाई सदाको निम्‍ति स्‍थापना गर्नेछु, र तेरो सिंहासन सारा पुस्‍तासम्‍म स्‍थिर बनाउनेछु’।” सेला हे परमप्रभु, पवित्र जनहरूको सभामा स्‍वर्गले तपाईंका आश्‍चर्यकर्मको र तपाईंका विश्‍वस्‍तताको समेत प्रशंसा गर्दछ। किनकि आकाशमा परमेश्‍वरको तुलना कोसँग गर्न सकिन्‍छ? स्‍वर्गीय प्राणीहरूमध्‍ये को परमप्रभुको समान छ। पवित्र जनहरूको सभामा परमेश्‍वरको भय साह्रै मानिएको छ। उहाँको वरिपरि हुनेहरूमध्‍ये उहाँ धेरै विस्‍मयकर हुनुहुन्‍छ। हे सर्वशक्तिमान्‌ परमप्रभु परमेश्‍वर, तपाईंजस्‍तो को छ र? तपाईं शक्तिशाली हुनुहुन्‍छ, हे परमप्रभु, र तपाईंको विश्‍वस्‍तता तपाईंको चारैतिर छ।