YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 82:1-8

भजनसंग्रह 82:1-8 NNRV

परमेश्‍वर ठूलो समुदायमा विराजमान हुनुहुन्‍छ, “देवहरूका” बीचमा उहाँले न्‍याय गर्नुहुन्‍छ। तिमीहरू कहिलेसम्‍म अन्‍यायीहरूको पक्ष लिइबस्‍छौ, र दुष्‍टहरूको ओड़ थाप्‍छौ? सेला दुर्बल र अनाथहरूको रक्षा गर, गरीब र थिचोमिचोमा परेकाहरूको न्‍याय गर। दुर्बल र दरिद्रहरूलाई छुटाओ, दुष्‍टहरूका हातबाट तिनीहरूलाई छुटकारा देओ। “तिनीहरूको न ज्ञान छ, न समझ, तिनीहरू अन्‍धकारमा यताउता डुल्‍छन्‌। पृथ्‍वीका सारा जग नै हल्‍लिएका छन्‌। “मैले भनें, “तिमीहरू “देव” हौ, र तिमीहरू सबै सर्वोच्‍चका छोराहरू हौ।’ तापनि तिमीहरू मानिसहरूझैँ मर्नेछौ, र अरू शासकझैँ तिमीहरूको पतन हुनेछ।” हे परमेश्‍वर, उठ्‌नुहोस्‌, पृथ्‍वीको न्‍याय गर्नुहोस्‌, किनकि सारा जातिहरू तपाईंको उत्तराधिकार हुन्‌।