YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 8:1-4

भजनसंग्रह 8:1-4 NNRV

हे हाम्रा सर्वमान्‍य परमप्रभु, सारा पृथ्‍वीभरि तपाईंको नाउँ कति महिमित छ! तपाईंका महिमाको स्‍तुतिगान उच्‍च स्‍वर्गमा हुँदछ। शिशुहरू र दूधे-बालकहरूका ओठबाट तपाईंले पूर्ण प्रशंसा निकाल्‍नुभएको छ, तपाईंका शत्रुहरूका कारणले, अनि शत्रु र प्रतिपक्षीलाई चूप गराउनलाई तपाईंले यसो गर्नुभएको छ। जब म तपाईंको हातले बनाएको आकाशलाई, र तपाईंले स्‍थापित गर्नुभएका जून र ताराहरूमाथि विचार गर्छु, मानिस के हो, र तपाईं त्‍यसको वास्‍ता राख्‍नुहुन्‍छ? मानिसको छोरो के हो, र तपाईं त्‍यसको फिक्री गर्नुहुन्‍छ?