म मेरो मुख दृष्टान्तमा खोल्नेछु, प्राचीनका भेदका कुराहरू सुनाउनेछु, ती जुन कुराहरू हामीले सुनेका र जानेका छौं, र जुन कुरा हाम्रा पिता-पुर्खाहरूले हामीलाई भनेका छन्। हामी यी कुराहरू तिनीहरूका छोराछोरीहरूबाट लुकाएर राख्नेछैनौं, तर आउने पुस्तालाई परमप्रभुका महिमामय कार्यहरू र उहाँको सामर्थ्य अनि उहाँले गर्नुभएका आश्चर्यपूर्ण कामहरूको वर्णन गर्नेछौं। उहाँले याकूबको निम्ति कानूनहरू कायम राख्नुभयो, र इस्राएलमा एउटा व्यवस्था स्थापना गर्नुभयो। आफ्ना सन्तानहरूलाई यी कुरा सिकाऊन् भनेर, उहाँले हाम्रा पिता-पुर्खाहरूलाई हुकुम दिनुभयो, कि आउँदो पुस्ताले यी कुरा जानून्, र अझ नजन्मेका शिशुहरूले पनि यी कुरा जानून्, र तिनीहरूले आफ्ना सन्तानलाई पनि यी कुरा भनून्।
भजनसंग्रह 78 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 78
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 78:2-6
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू