YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 73:21-28

भजनसंग्रह 73:21-28 NNRV

जब मेरो हृदय दु:खित भएको थियो, र मेरो मुटुमा तीतोपन थियो, म यस्‍तो बेवकूफ र अबोध थिएँ, तपाईंको सामु म पशुतुल्‍य थिएँ। तैपनि म निरन्‍तर तपाईंसँगै छु, तपाईंले मेरो दाहिने हात थाम्‍नुभएको छ। आफ्‍नै सल्‍लाहमा तपाईंले मलाई डोर्‍याउनुहुन्‍छ, र पछि मलाई महिमामा लानुहुनेछ। स्‍वर्गमा तपाईंबाहेक मेरो अरू को छ र? र पृथ्‍वीमा पनि मैले चाहना गर्ने तपाईंबाहेक अरू केही छैन। मेरो तन र मन दुवै विफल होलान्‌, तर परमेश्‍वर सदासर्वदाको निम्‍ति मेरो हृदयको शक्ति र मेरो भाग हुनुहुन्‍छ। तपाईंबाट टाढ़ा रहनेहरू नष्‍ट हुनेछन्‌, तपाईंलाई विश्‍वासघात गर्ने सबैलाई तपाईं विनाश गर्नुहुन्‍छ। तर मेरो लागि भने परमेश्‍वरको नजिक रहनु असल छ। मैले परमप्रभु परमेश्‍वरलाई मेरो शरणस्‍थान बनाएको छु, म तपाईंका सबै कार्यहरूको वर्णन गर्नेछु।