YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 66:16-20

भजनसंग्रह 66:16-20 NNRV

परमेश्‍वरसित डराउनेहरू सबै आओ र सुन, उहाँले मेरो निम्‍ति के गर्नुभयो मलाई भन्‍न देओ। मैले मेरो मुखले उहाँलाई पुकारें, र मेरो जिब्रोबाट उहाँको स्‍तुति भयो। यदि मैले मेरो हृदयमा अधर्मलाई आश्रय दिएको भए, परमेश्‍वरले सुन्‍नुहुनेथिएन। तर साँच्‍ची नै परमेश्‍वरले सुन्‍नुभएको छ, उहाँले मेरो प्रार्थनाका शब्‍दहरूमाथि ध्‍यान दिनुभएको छ। परमेश्‍वरलाई महिमा होस्‌, जसले मेरो प्रार्थना अस्‍वीकार गर्नुभएको छैन, न त मबाट उहाँको प्रेम हटाउनुभएको छ।