YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 31:9-10

भजनसंग्रह 31:9-10 NNRV

ममाथि अनुग्रह गर्नुहोस्‌, हे परमप्रभु, किनकि म ठूलो सङ्कष्‍टमा परेको छु। शोकले गर्दा मेरा आँखा धमिला भएका छन्‌, मेरो प्राण र मेरो शरीर सुकिसकेका छन्‌ मेरो जीवन वेदनामा, र मेरो उमेरचाहिँ सुस्‍केरामा बितेका छन्‌। मेरो क्‍लेशको कारणले मेरो बल घटेको छ, र मेरा हाड़हरू कमजोर भइसकेका छन्‌।