YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 27:1-6

भजनसंग्रह 27:1-6 NNRV

परमप्रभु मेरो ज्‍योति र मेरो मुक्ति हुनुहुन्‍छ, मैले कसको भय मान्‍नु? परमप्रभु नै मेरो जीवनको किल्‍ला हुनुहुन्‍छ, कोसँग म भयभीत हुनु? जब दुष्‍ट मानिसहरू मेरो मासु खान मेरो विरुद्ध अगि बढ्‌छन्‌, जब शत्रु र विरोधीहरू मलाई आक्रमण गर्छन्‌, तिनीहरू ठक्‍कर खाएर जमिनमा लोट्‌नेछन्‌। सेनाले मेरो विरुद्धमा छाउनी बनाए तापनि मेरो हृदय डराउनेछैन। मेरो विरुद्धमा लड़ाइँ चले पनि त्‍यस बेला म पूरा आत्‍मविश्‍वास राख्‍नेछु। एउटै कुरा म परमप्रभुसँग माग्‍दछु, मैले खोजेको यही हो, कि जीवनभरि म परमप्रभुको भवनमा रहन पाऊँ, र उहाँको सुन्‍दरतालाई हेरिरहन पाऊँ, र उहाँको मन्‍दिरमा उहाँलाई खोज्‍न सकूँ। किनकि सङ्कष्‍टको दिनमा उहाँले मलाई उहाँको वासस्‍थानमा सुरक्षित राख्‍नुहुनेछ, आफ्‍नो पवित्र वासस्‍थानमा उहाँले मलाई लुकाइदिनुहुनेछ, अनि एउटा चट्टानमाथि उच्‍च राख्‍नुहुनेछ। तब मेरो वरिपरिका शत्रुहरूमाथि मेरो शिर उच्‍च पारिनेछ, र उहाँको पवित्र वासस्‍थानमा हर्षले कराउँदै म बलिदान चढ़ाउनेछु, म भजन गाउनेछु, र परमप्रभुको प्रशंसा गर्नेछु।

भजनसंग्रह 27:1-6 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति