YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 27:1-5

भजनसंग्रह 27:1-5 NNRV

परमप्रभु मेरो ज्‍योति र मेरो मुक्ति हुनुहुन्‍छ, मैले कसको भय मान्‍नु? परमप्रभु नै मेरो जीवनको किल्‍ला हुनुहुन्‍छ, कोसँग म भयभीत हुनु? जब दुष्‍ट मानिसहरू मेरो मासु खान मेरो विरुद्ध अगि बढ्‌छन्‌, जब शत्रु र विरोधीहरू मलाई आक्रमण गर्छन्‌, तिनीहरू ठक्‍कर खाएर जमिनमा लोट्‌नेछन्‌। सेनाले मेरो विरुद्धमा छाउनी बनाए तापनि मेरो हृदय डराउनेछैन। मेरो विरुद्धमा लड़ाइँ चले पनि त्‍यस बेला म पूरा आत्‍मविश्‍वास राख्‍नेछु। एउटै कुरा म परमप्रभुसँग माग्‍दछु, मैले खोजेको यही हो, कि जीवनभरि म परमप्रभुको भवनमा रहन पाऊँ, र उहाँको सुन्‍दरतालाई हेरिरहन पाऊँ, र उहाँको मन्‍दिरमा उहाँलाई खोज्‍न सकूँ। किनकि सङ्कष्‍टको दिनमा उहाँले मलाई उहाँको वासस्‍थानमा सुरक्षित राख्‍नुहुनेछ, आफ्‍नो पवित्र वासस्‍थानमा उहाँले मलाई लुकाइदिनुहुनेछ, अनि एउटा चट्टानमाथि उच्‍च राख्‍नुहुनेछ।