YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 25:8-15

भजनसंग्रह 25:8-15 NNRV

परमप्रभु भला र सच्‍चा हुनुहुन्‍छ, यसैकारण उहाँले पापीहरूलाई आफ्‍नो बाटो सिकाउनुहुन्‍छ। उहाँले नम्रहरूलाई साँचो मार्गमा डोर्‍याउनुहुन्‍छ, र तिनीहरूलाई आफ्‍नो मार्ग सिकाउनुहुन्‍छ। उहाँको करारका शर्तहरू पालन गर्नेहरू जतिका लागि परमप्रभुका सबै मार्गहरू प्रेममय र विश्‍वासयोग्‍य हुन्‍छन्‌। हे परमप्रभु, तपाईंका नाउँको खातिर मेरो अपराध क्षमा गर्नुहोस्‌, यद्यपि मेरो अपराध अति ठूलो छ। परमप्रभुको डर मान्‍ने मानिस को छ? त्‍यो हिँड्‌नुपर्ने बाटो, परमप्रभुले त्‍यसलाई सिकाउनुहुनेछ। त्‍यसले सुख-चैनमा आफ्‍नो दिन बिताउनेछ, र त्‍यसका सन्‍तानले देशमा अधिकार जमाउनेछन्‌। परमप्रभुको भय मान्‍नेहरूसँग उहाँको घनिष्‍ठता हुन्‍छ, र उहाँले तिनीहरूलाई आफ्‍नो करार बताइदिनुहुन्‍छ। मेरा आँखा सधैँ परमप्रभुतिर नै छन्‌, किनकि उहाँले मात्र मेरा खुट्टाहरू पासोबाट छुटाइदिनुहुनेछ।