भजनसंग्रह 16:7-11

भजनसंग्रह 16:7-11 NNRV

मलाई सल्‍लाह दिनुहुने परमप्रभुको प्रशंसा म गर्नेछु। मेरो हृदयले राती पनि मलाई अर्ती दिन्‍छ। मैले परमप्रभुलाई सधैँ मेरो सामुन्‍ने राखेको छु। उहाँ मेरो दाहिने हाततर्फ हुनुहुन्‍छ, यसकारण म डग्‍नेछैनँ। यसकारण मेरो हृदय आनन्‍दित छ, अनि मेरो जिब्रो हर्षित हुन्‍छ। मेरो शरीर पनि सुरक्षित रहन्‍छ। किनभने तपाईंले मेरो प्राणलाई चिहानमा छोड्‌नुहुनेछैन, न त तपाईंले आफ्‍ना पवित्र जनको शरीर कुहुन दिनुहुनेछ। तपाईंले मलाई जीवनको मार्ग देखाउनुभएको छ। तपाईंको उपस्‍थितिद्वारा तपाईंले आनन्‍दले मलाई गद्‌गद्‌ पार्नुहुनेछ। तपाईंको दाहिने बाहुलीमा अनन्‍त आनन्‍द छ।