YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 148:1-5

भजनसंग्रह 148:1-5 NNRV

हल्‍लेलूयाह! स्‍वर्गबाट परमप्रभुको प्रशंसा गर, उच्‍च स्‍थानहरूमा उहाँको प्रशंसा गर। हे उहाँका स्‍वर्गीय दूतगण, उहाँको प्रशंसा गर। हे उहाँका सारा स्‍वर्गीय सेना, उहाँका प्रशंसा गर। हे सूर्य र चन्‍द्र, उहाँको प्रशंसा गर। हे चम्‍किला तारा हो, उहाँको प्रशंसा गर। हे सर्वोच्‍च आकाश र आकाशमाथिका पानी हो, तिमीहरूले उहाँको प्रशंसा गर। तिनीहरूले परमप्रभुका नाउँको प्रशंसा गरून्‌, किनकि उहाँले आज्ञा गर्नुभयो, र तिनको सृजना भयो।