YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 126:1-6

भजनसंग्रह 126:1-6 NNRV

जब परमप्रभुले सियोनका निर्वासितहरूलाई फर्काएर ल्‍याउनुभयो, तब हामी सपना देख्‍नेहरूजस्‍ता थियौं। तब हाम्रो मुख हाँसोले, र हाम्रो जिब्रो आनन्‍दको आवाजले भरिए। तब जातिहरूका बीचमा यसो भनियो, “परमप्रभुले तिनीहरूका निम्‍ति महान्‌ काम गर्नुभएको छ।” परमप्रभुले हाम्रा निम्‍ति महान्‌ काम गर्नुभएको छ, र हामी आनन्‍दले भरिएका छौं। हे परमप्रभु, नेगेव देशका नदीहरू उर्लेझैँ, हाम्रा सुख-शान्‍ति फर्काइदिनुहोस्‌। आँसुको साथमा छर्नेहरूले आनन्‍दका गीत गाउँदै कटनी गर्नेछन्‌। जो रुँदै-रुँदै बीउ बोकेर छर्न जान्‍छ, त्‍यो फसलका बिटाहरू बोकेर आनन्‍दले गीत गाउँदै फर्कनेछ।