मानिसहरूले हामीलाई आक्रमण गर्दा, परमप्रभु हामीतर्फ नहुनुभएको भए, तिनीहरूको क्रोध हाम्रा विरुद्ध दन्किउठ्दा, तिनीहरूले हामीहरूलाई जिउँदै निल्नेथिए। उर्लिआएको बाढ़ले हामीलाई एक गाँस पार्नेथियो, अनि भल हामीमाथि बग्नेथियो, जलको प्रबल प्रवाहले हामीलाई त्यसै बगाइलानेथियो। परमप्रभुको प्रशंसा होस्, जसले हामीहरूलाई तिनीहरूका दाँतले फहराउन दिनुभएन। शिकारीको पासोबाट चरा उम्केझैँ, हामी फुत्किसकेका छौं, तिनीहरूको जाल फाट्यो र हामी उम्क्यौं। हाम्रो गुहार स्वर्ग र पृथ्वी सृजना गर्नुहुने परमप्रभुको नाउँमा छ।
भजनसंग्रह 124 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 124
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 124:2-8
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू