भजनसंग्रह 119:81-83

भजनसंग्रह 119:81-83 NNRV

मेरो प्राण तपाईंको उद्धार प्राप्‍त गर्नलाई व्‍याकुल छ, तर मैले तपाईंको वचनमाथि आशा राखेको छु। तपाईंका प्रतिज्ञाको प्रतीक्षा गर्दागर्दै मेरा आँखा धमिला भइसकेका छन्‌। म भन्‍दछु, “तपाईंले मलाई कहिले सान्‍त्‍वना दिनुहुन्‍छ?” धूवाँमा राख्‍दाराख्‍दा खुम्‍चिएको दाखमद्यको मशकजस्‍तो म भइसकेको छु, तापनि तपाईंका विधिहरू मैले बिर्सेको छैनँ।