मलाई ज्ञान र बुद्धिका कुरा सिकाउनुहोस्, किनकि म तपाईंका आज्ञामाथि विश्वास राख्तछु। म कष्टित हुनुभन्दा अघि म बरालिएको थिएँ, तर अब त म तपाईंको वचन पालन गर्दछु। तपाईं भलो हुनुहुन्छ अनि भलाइ गर्नुहुन्छ। मलाई तपाईंका विधिहरू सिकाउनुहोस्। अहङ्कारीहरूले मेरो विरुद्धमा झूटा कुरा रचेका भए तापनि म सम्पूर्ण हृदयले तपाईंका आदेशहरू पालन गर्दछु। तिनीहरूका हृदय कठोर र निर्दयी भएका छन्, तर म तपाईंको व्यवस्थामा हर्षित हुन्छु। ममाथि क्लेशहरू आइपरेका असलै भयो, ताकि म तपाईंका विधिहरू सिक्न सकूँ। तपाईंको मुखबाट निस्केको व्यवस्था मेरो निम्ति सुन र चाँदीका हजारौँ टुक्राभन्दा मूल्यवान् छ।
भजनसंग्रह 119 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 119
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 119:66-72
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू