YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 119:33-40

भजनसंग्रह 119:33-40 NNRV

हे परमप्रभु, तपाईंका विधिहरू पालन गर्न मलाई सिकाउनुहोस्‌, र अन्‍त्‍यसम्‍म म ती पालन गर्नेछु। मलाई समझशक्ति दिनुहोस्‌, र म तपाईंको व्‍यवस्‍थाअनुसार चल्‍नेछु, अनि सम्‍पूर्ण हृदयले त्‍यो पालन गर्नेछु। तपाईंका आज्ञाहरूको मार्गमा मलाई चलाउनुहोस्‌, किनकि त्‍यसैमा म हर्षित हुन्‍छु। मेरो हृदयलाई तपाईंका कानूनतिर फर्काउनुहोस्‌, स्‍वार्थपूर्ण लाभतिर होइन। व्‍यर्थका कुराहरू हेर्नदेखि मेरा आँखालाई फर्काइदिनुहोस्‌, तपाईंका वचनअनुसार मेरो प्राणलाई सुरक्षित राख्‍नुहोस्‌। तपाईंका दासलाई दिनुभएको प्रतिज्ञा पूरा गर्नुहोस्‌, र तपाईंको भय मानिओस्‌। जुन अपमानबाट म डराउँछु, त्‍यो मबाट हटाइदिनुहोस्‌, किनकि तपाईंका नियमहरू उत्तम छन्‌। हेर्नुहोस्‌, म तपाईंका आदेशहरूको कत्ति अभिलाषी छु, तपाईंको धार्मिकतामा मेरो प्राणलाई सुरक्षित राख्‍नुहोस्‌।