YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 119:170-176

भजनसंग्रह 119:170-176 NNRV

मेरो नम्र-निवेदन तपाईंको सामुन्‍ने पुगोस्‌। तपाईंको प्रतिज्ञाअनुसार मलाई छुटकारा दिनुहोस्‌। मेरा ओठ तपाईंको प्रशंसाले भरपूर होऊन्‌, किनकि तपाईंले आफ्‍ना विधिहरू मलाई सिकाउनुहुन्‍छ। मेरो जिब्रोले तपाईंका वचनको भजन गाओस्‌, किनकि तपाईंका सबै आज्ञाहरू धर्ममय छन्‌। तपाईंको बाहुली मलाई मदत गर्न तत्‍पर रहोस्‌, किनकि तपाईंका आदेशहरूलाई मैले चुनेको छु। हे परमप्रभु, म तपाईंका उद्धारको तृष्‍णा राख्‍छु, र तपाईंको व्‍यवस्‍था मेरो खुशीयाली हो। म जीवित रहूँ, र तपाईंको प्रशंसा गर्न सकूँ, र तपाईंका नियमहरूले मलाई थामून्‌। हराएको भेड़ाजस्‍तो म बरालिएको छु, आफ्‍नो दासलाई खोज्‍नुहोस्‌, किनकि मैले तपाईंका आज्ञाहरू बिर्सेको छैनँ।