YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 112:1-9

भजनसंग्रह 112:1-9 NNRV

परमप्रभुको प्रशंसा गर। त्‍यो मानिस धन्‍यको हो, जसले परमप्रभुको भय मान्‍दछ, र उहाँका आज्ञाहरूमा ज्‍यादै प्रसन्‍न हुन्‍छ। त्‍यसको वंश देशमा शक्तिशाली हुनेछ, सोझा मानिसहरूको पुस्‍ताले आशिष्‌ पाउनेछ। त्‍यसको घरमा धन-सम्‍पत्ति रहन्‍छ, र त्‍यसको धार्मिकता सदा रहिरहन्‍छ। सोझा मानिसहरूका निम्‍ति, साथै अनुग्रही, करुणामय र धर्मी मानिसहरूका निम्‍ति अन्‍धकारमा पनि ज्‍योति उदय हुन्‍छ। उदार-चित्तले ऋण दिने, र ईमानदारीसाथ आफ्‍नो कारोबार चलाउने मान्‍छेको भलो हुन्‍छ। धर्मी जन कहिले पनि डगमगाउँदैन, त्‍यसको सम्‍झना सदासर्वदा रहनेछ। अशुभ समाचारले त्‍यो कहिले पनि डराउँदैन, परमप्रभुमा भरोसा गरेर त्‍यसको हृदय स्‍थिर रहन्‍छ। त्‍यसको हृदय सुरक्षित रहन्‍छ, र त्‍यो डराउनेछैन। अन्‍त्‍यमा त्‍यसले आफ्‍ना शत्रुहरूलाई विजयमा हेर्नेछ। त्‍यसले उदारतासाथ दरिद्रहरूलाई दान दिएको छ, त्‍यसको धार्मिकता सधैँभरि दिगो रहन्‍छ, सम्‍मानपूर्वक त्‍यसको शिर उच्‍च राखिनेछ।