YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 106:34-48

भजनसंग्रह 106:34-48 NNRV

परमप्रभुको आज्ञाअनुसार तिनीहरूले अन्‍यजातिहरूलाई नाश गरेनन्‌। तर तिनीहरू जाति-जातिहरूसँग मिसिए, र तिनीहरूका रीतिहरू अपनाए। तिनीहरूले उनीहरूका मूर्तिहरू पुजे, र ती तिनीहरूका निम्‍ति पासो बने। तिनीहरूले आफ्‍ना छोराछोरीहरूलाई भूतात्‍माहरूलाई बलि चढ़ाए। तिनीहरूले निर्दोषको रगत, अर्थात्‌ आफ्‍नै छोराछोरीहरूको रगत बगाए, जसलाई तिनीहरूले कनानका मूर्तिहरूका निम्‍ति बलि चढ़ाए। र तिनीहरूको रगतले धरती अपवित्र भयो। यसरी तिनीहरू आफ्‍नै कामले अशुद्ध भए, र आफ्‍ना कामले गर्दा तिनीहरू व्‍यभिचारी बने। त्‍यसकारण आफ्‍नो प्रजामाथि परमप्रभुको क्रोध दन्‍क्‍यो, र उहाँले आफ्‍नो उत्तराधिकारका मानिसहरूलाई घृणा गर्नुभयो। अनि उहाँले तिनीहरूलाई अन्‍यजातिहरूका हातमा दिनुभयो, र तिनीहरूका शत्रुहरूले तिनीहरूमाथि शासन गरे। तिनीहरूका शत्रुहरूले पनि तिनीहरूलाई अत्‍याचार गरे, र तिनीहरूलाई आफ्‍नो शक्तिको वशमा पारे। धेरै चोटि उहाँले तिनीहरूलाई छुटाउनुभयो, तर तिनीहरू आफ्‍नै विद्रोहपूर्ण युक्तिमा चल्‍दैगए, र तिनीहरू आफ्‍नै अधर्मले पतन हुँदैगए। तर उहाँले तिनीहरूको दुहाई सुनेर तिनीहरूको सङ्कष्‍टमा नजर फिराउनुभयो। तिनीहरूका खातिर आफ्‍नो करार उहाँले स्‍मरण गर्नुभयो, र आफ्‍नो प्रशस्‍त करुणाअनुसार दयालु हुनुभयो। तिनीहरूलाई कैद गर्नेहरू सबैका नजरमा तिनीहरूलाई दयाको पात्र बनाउनुभयो। हे परमप्रभु हाम्रा परमेश्‍वर, हामीलाई बचाउनुहोस्‌। तपाईंको पवित्र नाउँमा धन्‍यवाद चढ़ाऊन्‌, र तपाईंको प्रशंसामा गौरव गरून्‌ भनेर, हामीहरूलाई जातिहरूका बीचबाट एकत्र गर्नुहोस्‌। परमप्रभु इस्राएलका परमेश्‍वरको प्रशंसा अनादिदेखि अनन्‍तसम्‍मै भइरहोस्‌। र सबै मानिसहरूले भनून्‌, “आमेन।” परमप्रभुको प्रशंसा गर।