तर तपाईं हे परमप्रभु, सदाको निम्ति सिंहासनमा विराजमान हुनुहुन्छ। तपाईंको कीर्ति पुस्ता-पुस्तासम्म रहन्छ। तपाईं उठ्नुहुनेछ र सियोनमाथि दया-दृष्टि दर्शाउनुहुनेछ, किनभने सियोनमाथि निगाह गर्ने समय अहिले नै हो, तोकिएको समय आइपुगेको छ। किनभने तपाईंका दासहरूले त्यहाँका ढुङ्गाहरूलाई माया गर्छन्, र त्यसका धूलाहरूलाई पनि तिनीहरू टिठ्याउँछन्। जातिहरू परमप्रभुको नाउँले भयभीत हुनेछन्, पृथ्वीका सबै राजाहरूले तपाईंका महिमाको आदर गर्नेछन्। किनभने परमप्रभुले सियोनको पुनर्निर्माण गर्नुहुनेछ, अनि आफ्नो महिमामा उहाँ प्रकट हुनुहुनेछ। उहाँले दीन-हीनहरूको प्रार्थनाप्रति ध्यान दिनुहुन्छ, उहाँले तिनीहरूका निवेदनको उपेक्षा गर्नुहुन्न।
भजनसंग्रह 102 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 102
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 102:12-17
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू