हितोपदेश पुस्तक परिचय
पुस्तक परिचय
हितोपदेश शब्दलाई आहान (१ शमूएल २४:१३), ईश्वरवाणी (गन्ती २३:१७-१८) र दृष्टान्त (इजकिएल १७:२) भनेर पनि अनुवाद गरिएको छ। पुरानो करारको इस्राएली समाजमा पूजाहारी र अगमवक्ताहरूले धार्मिक क्रियाकलापसँग सम्बन्ध राख्दथे भने बुद्धिमानी मानिसहरूले जीवनको दर्शन र व्यवहारिक पक्षसँग सम्बन्ध राख्दथे। साना उमेरकाहरूलाई निर्देशन दिने काम गर्दथे। यस पुस्तकले विशेष गरी व्यवस्थित, सफल र सुखी जीवन कसरी जिउने भन्ने बारेमा हामीलाई सिकाउँदछ।
यो पुस्तक पनि कवितात्मक शैलीमा लेखिएको छ। यसमा धेरै चित्रण भाषा प्रयोग गरिएका छन्। हितोपदेशको किताबभित्र पाइने विषयहरू हुन्:
क) तुलनात्मक भनाइ
ख) बुद्धिमानीपूर्ण सन्देश
ग) छोटो उखान
परमेश्वरको वचन पालन गर्नु, उहाँको भय मान्नु, आज्ञापालन गर्नु, बुद्धिको खोजी गर्नु, मूर्खता त्याग्नु यी सबै नै हितोपदेशका प्रमुख शिक्षा हुन्। सम्पूर्ण पुस्तकभरि नै परमेश्वरको डर र आदर मान्नाले जीवन सुरक्षित बन्नेछ र प्रगति र उन्नतिको मार्ग मानिसले पाउन सक्नेछ भन्ने कुरामा जोड दिइएको छ।
अहिले सेलेक्ट गरिएको:
हितोपदेश पुस्तक परिचय: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012