बदमाश र दुष्ट मानिस त्यही हो जो भ्रष्ट कुराकानी गरिहिँड्छ, जसले आँखा झिम्क्याउँछ, र खुट्टा र औँलाले इशारा गर्दछ। आफ्नो छली हृदयमा त्यसले दुष्ट कुरा रच्दछ। त्यसले सधैँ विवाद उत्पन्न गराउँछ। त्यसैले त्यसमाथि अचानक विपत्ति आइलाग्नेछ, उपायविना नै त्यो एक्कासि नष्ट हुनेछ। छ वटा कुराहरू छन्, जसलाई परमप्रभुले घृणा गर्नुहुन्छ, सातौँचाहिँ जो उहाँको दृष्टिमा घृणित छन्: अहङ्कारी आँखा, झूट बोल्ने जिब्रो, निर्दोषको रगत बगाउने हात, दुष्ट योजनाहरू रच्ने हृदय, खराबी काम गर्न झट्टै अग्रसर हुने पाइला, असत्य बोल्ने झूटो साक्षी, र दाजुभाइहरूका माझमा झगड़ा उठाउने मानिस।
हितोपदेश 6 पढ्नुहोस्
सुन्नुहोस् हितोपदेश 6
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 6:12-19
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू