YouVersion लोगो
खोज आइकन

हितोपदेश 5:1-6

हितोपदेश 5:1-6 NNRV

हे मेरो छोरा, मेरो बुद्धिमा ध्‍यान दे, र मेरा अन्‍तर्दृष्‍टिका वचनहरू ध्‍यानसित सुन्‌। यसरी तैंले विवेकलाई कायम राख्‍नेछस्, र तेरो ओठले ज्ञानको रक्षा गर्नेछ। किनभने व्‍यभिचारी स्‍त्रीको ओठबाट मह चुहुन्‍छ, र त्‍यसको बोलीचाहिँ तेलभन्‍दा चिप्‍लो हुन्‍छ। तापनि अन्‍तमा त त्‍यो स्‍त्री पित्तझैँ तीतो, र दुईधारे तरवारझैँ लाग्‍ने हुन्‍छे। त्‍यसको खुट्टा मृत्‍युको बाटोतिर ओह्रालो लाग्‍छ, त्‍यसको पाइला सोझै पातालतिर लागेको हुन्‍छ। त्‍यसले जीवनको मार्गतिर ध्‍यानै दिँदिन, त्‍यसको चाल कुटिल छ, तापनि यो कुरा त्‍यसले थाहा गर्दिन।