हे मेरो छोरा, मेरो कुरामा ध्यान दे, मेरा वचनहरू राम्ररी सुन्। ती तेरो नजरबाट उम्केर जान नदे, ती तेरो हृदयभित्र राखिछोड्। किनभने मेरो वचन पाउनेको निम्ति त्यो जीवन हो, र त्यसको सारा शरीरको निम्ति स्वास्थ्य हो। सबै कुराभन्दा बढी, आफ्नो हृदयलाई सुरक्षित राख्, किनभने त्यो सारा जीवनको मूल हो। कुवाक्य तेरो मुखबाट परै रहोस्, भ्रष्ट कुराकानी तेरो ओठदेखि टाढ़ै रहोस्। तेरो आँखाले तेरो अगि सीधा हेरोस्, तेरो अगिल्तिर सोझै एक टक लाएर हेरोस्। तैंले पाइला चाल्नलाई नैतिकताको मार्ग तयार गर्। र ती मार्गहरू मात्रै रोज् जुन निश्चित छन्। दाहिने देब्रेतिर नलाग्, सबै दुष्ट कुराबाट आफ्ना खुट्टा अलग राख्।
हितोपदेश 4 पढ्नुहोस्
सुन्नुहोस् हितोपदेश 4
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 4:20-27
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू