YouVersion लोगो
खोज आइकन

हितोपदेश 4:1-9

हितोपदेश 4:1-9 NNRV

हे मेरा छोराहरू हो, आफ्‍नो बुबाको अर्ती सुन, यसमा ध्‍यान देओ र समझशक्ति प्राप्‍त गर। किनकि म तिमीहरूलाई उत्तम शिक्षा दिन्‍छु, यसैकारण मेरो अर्तीलाई नत्‍याग। जब म आफ्‍ना बुबाको घरमा एक ठिटो थिएँ, कलिलै अवस्‍थाको, र मेरी आमाको एकमात्र छोरा, उहाँले मलाई शिक्षा दिनुभयो र भन्‍नुभयो, “तेरो पूरा हृदयले मेरो वचन पक्रिराख्, मेरा आज्ञाहरू पालन गर्‌ र तँ जिउनेछस्‌। बुद्धि प्राप्‍त गर्, समझशक्ति प्राप्‍त गर्, मेरा वचनहरू नबिर्सी र तिनीहरूबाट तर्किएर नजा। बुद्धिलाई नत्‍याग्, र त्‍यसले तँलाई सुरक्षित राख्‍नेछ। त्‍यसलाई प्रेम गर्, र त्‍यसले तँमाथि हेरचाह गर्नेछ। बुद्धि अति श्रेष्‍ठ हो, त्‍यसैले बुद्धि प्राप्‍त गर्‌। तँसँग भएका सबै कुराले मूल्‍य चुकाउनुपरे तापनि, समझशक्ति प्राप्‍त गर्‌। त्‍यसलाई कदर गर्, र त्‍यसले तँलाई उच्‍च पार्नेछ। त्‍यसलाई अँगाल्, र त्‍यसले तँलाई आदर दिनेछ। त्‍यसले तेरो शिरमा अनुग्रहको माला पहिराइदिनेछ, र महिमाको शिरपेच प्रदान गर्नेछ।”