हितोपदेश 31:27-31

हितोपदेश 31:27-31 NNRV

तिनी आफ्‍नो परिवारका कारोबारको रेखदेख गर्छिन्, र आलस्‍यको रोटी खाँदिनन्‌। तिनका छोरा-छोरीहरू खड़ा भएर तिनलाई धन्‍य भन्‍छन्, तिनका पतिले पनि यसो भनेर तिनको प्रशंसा गर्छन्‌: “धेरै स्‍त्रीहरूले उत्तम कुराहरू गर्छन्, तर तिनीहरू सबैलाई तिमीले जितेकी छ्यौ।” सौन्‍दर्य भ्रमात्‍मक हुन्‍छ, र सुन्‍दरता उड़िजाने हुन्‍छ, तर परमेश्‍वरको भय मान्‍ने स्‍त्रीको नै प्रशंसा गरिनुपर्छ। तिनले कमाएको इनाम तिनैलाई दिनू, र तिनका कामले सहरको मूल ढोकामा नै तिनलाई प्रशंसा ल्‍याऊन्‌।