उच्च चरित्र भएकी पत्नी कसले पाउन सक्छ? तिनी मानिकभन्दा पनि अति नै बढ़ी मूल्यकी हुन्छिन्। तिनका पतिले तिनीमाथि पूरा भरोसा गर्छन्, र उनलाई कुनै असल कुराको अभाव हुँदैन। तिनले आफ्नो जीवनकालभरि नै उनको भलो गर्छिन्, कुभलो होइन। तिनले ऊन र सनपाट चुनेर आफ्ना हातहरूले उत्सुकतासाथ काम गर्छिन्। व्यापारी जहाजहरूले जस्तै तिनले टाढ़ाबाट भोजन ल्याउँछिन्। तिनी राती नै उठ्छिन्, आफ्नो परिवारको लागि भोजनको इन्तिजाम गर्छिन्, र आफ्नी दासी ठिटीहरूलाई आ-आफ्नो भाग दिन्छिन्। खूबै सोच-विचार गरेर तिनले एउटा खेत किन्छिन्, र आफ्नो कमाइले तिनी दाखबारी लाउँछिन्। तिनले आफ्नो काम फूर्तिसँग गर्छिन्, आफ्नो कामको लागि तिनका पाखुराहरू बलिया छन्। तिनले आफ्नो कारोबार लाभदायक भएको देख्छिन्, र तिनको बत्ती राती निभ्दैन। तिनले आफ्नो हातमा चर्खाको डन्डा लिन्छिन्, र आफ्नै औँलाले पिउरी पक्रन्छिन्। तिनले गरीबहरूलाई आफ्नो मुट्ठी खोल्छिन्, र आफ्नो हात दीन-हीनहरूका लागि बढ़ाउँछिन्।
हितोपदेश 31 पढ्नुहोस्
सुन्नुहोस् हितोपदेश 31
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 31:10-20
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू