धन्य हो त्यो मानिस जसले बुद्धि प्राप्त गर्छ, र समझशक्ति हासिल गर्छ, किनभने बुद्धि चाँदीभन्दा धेरै लाभदायक हुन्छ, र त्यसले सुनले भन्दा बढ़ी फाइदा दिन्छ। त्यो मानिकभन्दा पनि बहुमूल्य हुन्छ, र तैंले इच्छा गरेको कुनै पनि थोक त्यससँग तुलना गर्न सकिँदैन। बुद्धिको दाहिने हातमा दीर्घायु, र त्यसको देब्रे हातमा धन र सम्मान हुन्छन्। त्यसका मार्गहरू आनन्ददायक हुन्छन्, र त्यसका सबै बाटोहरू शान्तिका हुन्छन्। बुद्धिलाई अँगाल्नेहरूका निम्ति त्यो एक जीवनको रूख हो, त्यसलाई पक्रनेहरूले आशिष् पाउनेछन्। बुद्धिले नै परमप्रभुले पृथ्वीको जगहरू बसाल्नुभयो, समझशक्तिले उहाँले आकाशलाई त्यसको ठाउँमा राख्नुभयो।
हितोपदेश 3 पढ्नुहोस्
सुन्नुहोस् हितोपदेश 3
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 3:13-19
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू