हे मेरो छोरा, मेरो शिक्षालाई नभुल्, तर मेरा आज्ञाहरू आफ्नो हृदयमा लुकाइराख्। किनभने तिनले तँलाई दीर्घायु बनाउनेछन्, र तेरो लागि सम्पन्नता ल्याउनेछन्। भक्ति र विश्वासयोग्यताले तँलाई कहिल्यै नछोडून्, ती तैंले आफ्नो गलामा बाँधिराख्, आफ्नो हृदयको पाटीमा ती लेखिराख्। तब परमेश्वर र मानिसको दृष्टिमा तैंले निगाह पाउनेछस् र असल नाउँ कमाउनेछस्। आफ्नो सारा हृदयले परमेश्वरमा भरोसा राख्, र तेरो आफ्नै समझशक्तिमा भर नपर् आफ्ना सारा मार्गमा उहाँलाई सम्झी, र उहाँले तेरा मार्गहरू सोझा तुल्याइदिनुहुनेछ।
हितोपदेश 3 पढ्नुहोस्
सुन्नुहोस् हितोपदेश 3
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 3:1-6
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू