सुन छ, मानिकहरू प्रशस्त छन्, तर ज्ञानको वचन बोल्ने ओठहरू दुर्लभ रत्न हुन्। अपरिचितको जमानी बस्नेको लुगा पनि खोस्नू। यदि त्यसले स्वेच्छाचारी स्त्रीको खातिर त्यसो गरेको भए, त्यो धरौटी राख्नू। छलद्वारा पाएको भोजन मानिसलाई मीठो लाग्छ, तर त्यसको अन्त्यचाहिँ मुखभरि रोडा हालेसरह हुन्छ। सल्लाह लिएर योजनाहरू बना, लड़ाइँ लड्नु छ भने सल्लाह प्राप्त गर्। कुरौटेले गोप्य भरोसामा आघात पुर्याउँछ, त्यसैले धेरै कुरा गर्ने मानिसदेखि परै बस। यदि कसैले आफ्नो बुबा वा आमालाई सराप्छ भने, त्यसको बत्ती घोर अन्धकारको बेला निभाइनेछ। सुरुमा झटपट गरेर हात पारेको सम्पत्ति अन्त्यमा आशिष्पूर्ण हुनेछैन। यसो नभन्, “तेरो खराबीको साटो लिनेछु।” परमप्रभुको प्रतीक्षा गर्, र उहाँले तँलाई छुटाउनुहुनेछ। परमप्रभु घट्बढ् नाप-तौल घृणा गर्नुहुन्छ, र छली तराजूले उहाँलाई प्रसन्न तुल्याउँदैन। मानिसका कदमहरू परमप्रभुबाट नै निर्देशन गरिएका हुन्छन्। मानिसले आफ्नो बाटो कसरी बुझ्न सक्ला?
हितोपदेश 20 पढ्नुहोस्
सुन्नुहोस् हितोपदेश 20
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 20:15-24
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू