YouVersion लोगो
खोज आइकन

हितोपदेश 16:28-32

हितोपदेश 16:28-32 NNRV

कुटिल मतिको मानिसले विवाद उत्‍पन्‍न गराउँछ, र कुरौटेले घनिष्‍ठ मित्रहरूमा फाटो ल्‍याउँछ। उपद्रवी मानिसले आफ्‍नो छिमेकीलाई फसाउँछ, र त्‍यसले उसलाई खराब बाटोतिर लैजान्‍छ। आफ्‍नो आँखा झिम्‍क्‍याउनेले षड्‌यन्‍त्र रचेको हुन्‍छ, आफ्‍ना ओठ लेब्‍र्याउनेको स्‍वभाव खराब हुन्‍छ। फुलेको केश शोभाको मुकुट हो, धर्मी जीवनबाट यो प्राप्‍त हुन्‍छ। मानिस धैर्यवान्‌ हुनु लड़ाका योद्धा हुनुभन्‍दा उत्तम हो, आफ्‍नो क्रोध वशमा राख्‍नु सहरै कब्‍जा गर्नुभन्‍दा बेस हो।