धैर्यवान् मानिसको समझशक्ति अपार हुन्छ, तर गरम मिजासको मानिसले आफ्नो मूर्खता प्रदर्शन गर्छ। शान्त हृदयले शरीरलाई जीवन दिन्छ, तर डाहले हड्डी मकाउँछ। गरीबलाई थिचोमिचो गर्नेले तिनीहरूका सृष्टिकर्ताप्रति अवहेलना देखाउँछ, तर दरिद्रलाई दया देखाउनेले परमेश्वरको आदर गरेको हुन्छ। आपत्ति आइपर्दा दुष्टहरूको पतन हुन्छ, तर धर्मीले चाहिँ मृत्युमा समेत आश्रय पाउँछ। विवेकीको हृदयमा बुद्धिले वास गर्छ, मूर्खहरूका माझमा समेत बुद्धिले आफूलाई प्रकट गराउँछ।
हितोपदेश 14 पढ्नुहोस्
सुन्नुहोस् हितोपदेश 14
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 14:29-33
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू