YouVersion लोगो
खोज आइकन

फिलिप्पी 4:4-20

फिलिप्पी 4:4-20 NNRV

प्रभुमा सधैँ आनन्‍द गर। म फेरि पनि भन्‍दछु, आनन्‍द गर। तिमीहरूको सहनशीलता सबै मानिसहरूलाई थाहा होस्‌। प्रभु नजिकै हुनुहुन्‍छ। कुनै कुरामा चिन्‍तित नहोओ, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्‍यवादसहित तिमीहरूका बिन्‍ती परमेश्‍वरमा जाहेर होऊन्, र समझले नै भियाउन नसकिने परमेश्‍वरको शान्‍तिले तिमीहरूका हृदय र तिमीहरूका मनलाई येशूमा रक्षा गर्नेछ। अन्‍त्‍यमा भाइ हो, जे कुरो सत्‍य छ, जे कुरो आदरणीय छ, जे कुरो न्‍यायसङ्गत छ, जे कुरो शुद्ध छ, जे कुरो प्रेम-योग्‍य छ, जे कुरो कृपामय छ, यदि केही श्रेष्‍ठता, प्रशंसाको योग्‍य केही छ भने यी नै कुराका विचार गर। तिमीहरूले जुन कुरा मबाट सिक्‍यौ, र ग्रहण गर्‍यौ र सुन्‍यौ र ममा देख्‍यौ, त्‍यही गर, र शान्‍तिका परमेश्‍वर तिमीहरूसँग हुनुहुनेछ। म प्रभुमा साह्रै आनन्‍दित छु, कि अब धेरै दिनपछि मप्रति तिमीहरूको वास्‍ता फेरि पलाएको छ। तिमीहरू साँच्‍चै मेरो निम्‍ति चिन्‍तित थियौ, तर तिमीहरूलाई मौका मिलेन। खाँचो पर्‍यो भनेर मैले गुनासो पोखाएको होइन, किनभने जुनसुकै परिस्‍थितिमा भए पनि त्‍यसमा सन्‍तुष्‍ट रहन मैले सिकेको छु। कसरी होचिन र कसरी बढ्‌न म जान्‍दछु। परिपूर्णतामा होस्‌ वा भोकप्‍यासमा होस्, प्रशस्‍ततामा होस्‌ वा अभावमा होस्, सबै परिस्‍थितिमा सन्‍तुष्‍ट रहने रहस्‍य मैले सिकेको छु। जसले मलाई शक्ति दिनुहुन्‍छ, उहाँमा नै म सब कुरा गर्न सक्‍छु। तापनि मेरो कष्‍टमा तिमीहरू सहभागी भयौ, सो असल गर्‍यौ। तिमी फिलिप्‍पीहरू आफै पनि जान्‍दछौ, कि सुसमाचारको सुरुमा म माकेडोनियाबाट बिदा हुँदा, दिने र लिने काममा, तिमीहरूबाहेक कुनै मण्‍डलीको सहभागिता मसँग भएको थिएन, किनभने थेसलोनिकेमा पनि तिमीहरूले मलाई एक पटकभन्‍दा बढ़ी नै मेरो निम्‍ति सहायता पठायौ। मैले भेटी खोजेको होइन, तर म त तिमीहरूमा यस्‍तो फलको आशा राख्‍छु, जो तिमीहरूकै हिसाबमा जम्‍मा हुँदैजाओस्‌। मैले पाउनुपर्नेभन्‍दा बढ़ी नै पाएको छु। इपाफ्रोडिटसद्वारा पठाइदिएका तिमीहरूको मीठो बास्‍ना भएको, र परमेश्‍वरलाई मनपर्दो र ग्रहणयोग्‍य बलिदान पाएर म तृप्‍त भएको छु। मेरा परमेश्‍वरले आफ्‍नो महिमामा उहाँको सम्‍पत्तिअनुसार तिमीहरूको हरेक खाँचो ख्रीष्‍ट येशूमा पूरा गरिदिनुहुनेछ। अब हामीहरूका परमेश्‍वर र पितालाई सदासर्वदा महिमा होस्‌। आमेन।

फिलिप्पी 4:4-20 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति