ओबदिया पुस्तक परिचय
पुस्तक परिचय
भविष्यवक्ता ओबदिया नाउँको अर्थ “परमप्रभुको दास” हो। पुरानो करारको सबैभन्दा सानो पुस्तक भए तापनि यो पुस्तक भविष्यवाणीका अरू पुस्तकहरूभन्दा पहिला नै अर्थात् ८४० ई.पू. भन्दाअघि लेखिएको हुनसक्छ। यो पुस्तकको बेग्लै विशेषता छ। यस पुस्तकले एदोम (एसाव) र इस्राएल (याकूब) को सम्बन्धको अर्थलाई संक्षेपमा प्रस्तुत गर्दछ।
इस्राएलसँग गरेका व्यवहार अनुसार परमेश्वरले जातिहरूलाई न्याय गर्नुहुन्छ, परमेश्वरले घमण्डीहरूलाई घृणा गर्नुहुन्छ र हठीहरूलाई नम्र तुल्याउन जान्नुहुन्छ नै यस पुस्तकको मुख्य विषय हो। पद १-९ मा न्यायको निश्चयता, पद १०-१४ न्यायको कारण र पद १५-२१ न्यायको पूर्णता नै यस पुस्तकको मुख्य विभाजनहरू हुन्।
अहिले सेलेक्ट गरिएको:
ओबदिया पुस्तक परिचय: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012