YouVersion लोगो
खोज आइकन

गन्ती 33

33
इस्राएलीहरूका यात्राको विवरण
1मोशा र हारूनको नेतृत्‍वमा रहेर मिश्रबाट इस्राएलीहरू दल-दल गरी आउँदा तिनीहरूका यात्राको विवरण यही हो। 2यात्राका विभिन्‍न भागमा परमप्रभुको आज्ञाअनुसार मोशाले यात्रा प्रारम्‍भ गर्ने ठाउँहरूका नाउँ लेखे। तिनीहरूका यात्राको विवरण यस प्रकार छ:
3पहिलो महिनाको पन्‍ध्रौँ दिनमा तिनीहरू रामसेसबाट यात्रा गरे। निस्‍तार-चाड़को भोलिपल्‍ट इस्राएलीहरू सारा मिश्रीहरूका आँखा अगि धूमधामसँग निस्‍के। 4त्‍यस बेला मिश्रीहरूले चाहिँ परमप्रभुले प्रहार गर्नुभएका उनीहरूका आफ्‍ना जेठा-जेठा सन्‍तानहरू गाड्‌न लागेका थिए। किनकि परमप्रभुले उनीहरूका देवताहरूको न्‍याय गर्नुभएको थियो।
5इस्राएलीहरू रामसेसबाट हिँड़ेर सुक्‍कोतमा पुगी वास बसे।
6तिनीहरू सुक्‍कोतबाट हिँड़ेर उजाड़-स्‍थानको किनारको एथाममा वास बसे।
7एथामबाट हिँड़ेर बाल-सेफोनका पूर्वपट्टिको पी-हहीरोतमा फर्के, र मिग्‍दोलको नजिकै वास बसे।
8तिनीहरू पी-हहीरोतबाट निस्‍केर समुद्रको बीचबाट भएर उजाड़-स्‍थानमा पसे। तिनीहरू तीन दिनको बाटो एथामको उजाड़-स्‍थानमा हिँड़ेर मारामा वास बसे।
9माराबाट हिँड़ेर एलीममा गए, जहाँ बाह्र वटा पानीका मूल र सत्तरी वटा खजूरका रूख थिए। तिनीहरू त्‍यहीँ वास बसे।
10तिनीहरू एलीमबाट हिँड़ेर लाल समुद्रनेर वास बसे।
11तिनीहरू लाल समुद्रबाट हिँड़ेर सीनको उजाड़-स्‍थानमा वास बसे।
12तिनीहरू सीनको उजाड़-स्‍थानबाट हिँड़ेर दोफकामा वास बसे।
13तिनीहरू दोफकाबाट हिँड़ेर आलूशमा वास बसे।
14तिनीहरू आलूशबाट हिँड़ेर रपीदीममा वास बसे, जहाँ मानिसहरूका निम्‍ति पिउने पानी थिएन।
15तिनीहरू रपीदीमबाट हिँड़ेर सीनैको उजाड़-स्‍थानमा वास बसे।
16तिनीहरू सीनैको उजाड़-स्‍थानबाट हिँड़ेर किब्रोथ-हत्तावामा वास बसे।
17तिनीहरू किब्रोथ-हत्तावाबाट हिँड़ेर हसेरोतमा वास बसे।
18तिनीहरू हसेरोतबाट हिँड़ेर रित्‍मामा वास बसे।
19तिनीहरू रित्‍माबाट हिँड़ेर रिम्‍मोन-फारेसमा वास बसे।
20तिनीहरू रिम्‍मोन-फारेसबाट हिँड़ेर लिब्‍नामा वास बसे।
21लिब्‍नाबाट हिँड़ेर रिस्‍सामा वास बसे।
22तिनीहरू रिस्‍साबाट हिँड़ेर केहेलातामा वास बसे।
23तिनीहरू केहेलाताबाट हिँड़ेर शेपेर डाँड़ामा वास बसे।
24तिनीहरू शेपेर डाँड़ाबाट हिँड़ेर हरादामा वास बसे।
25तिनीहरू हरादाबाट हिँड़ेर मखेलोतमा वास बसे।
26मखेलोतबाट हिँड़ेर तहतमा वास बसे।
27तिनीहरू तहतबाट हिँड़ेर तेरहमा वास बसे।
28तिनीहरू तेरहबाट हिँड़ेर मित्‍कामा वास बसे।
29तिनीहरू मित्‍काबाट हिँड़ेर हशमोनामा वास बसे।
30तिनीहरू हशमोनाबाट हिँड़ेर मसेरोतमा वास बसे।
31तिनीहरू मसेरोतबाट हिँड़ेर बने-याकानमा वास बसे।
32तिनीहरू बने-याकानबाट हिँड़ेर होर-हगिदगादमा वास बसे।
33तिनीहरू होर-हगिदगादबाट हिँड़ेर योतबातामा वास बसे।
34तिनीहरू योतबाताबाट हिँड़ेर अब्रोनामा वास बसे।
35तिनीहरू अब्रोनाबाट हिँड़ेर एस्‍योन-गेबेरमा वास बसे।
36तिनीहरू एस्‍योन-गेबेरबाट हिँड़ेर जीनको उजाड़-स्‍थानमा भएको कादेशमा वास बसे।
37तिनीहरू कादेशबाट हिँड़ेर एदोम देशको सिमानामा भएको होर पर्वतमा वास बसे। 38त्‍यहाँ हारून पूजाहारी परमप्रभुको आज्ञा पाएर होर पर्वतमा उक्‍लेर गए, र इस्राएलीहरू मिश्रदेशबाट निस्‍केका चालीस वर्षपछि पाँचौँ महिनाको पहिलो दिनमा तिनको मृत्‍यु भयो। #गन्ती २०:२२-२८; व्‍य १०:६; ३२:५० 39होर पर्वतमा तिनको मृत्‍यु हुँदा हारून एक सय तेईस वर्ष पुगेका थिए।
40कनानको नेगेव भनिने देशमा बस्‍ने आरादका कनानी राजाले इस्राएलीहरू आउँदैछन्‌ भन्‍ने कुरा सुने। #गन्ती २१:१
41तिनीहरू होर पर्वतबाट हिँड़ेर सलमोनामा वास बसे।
42तिनीहरू सलमोनाबाट हिँड़ेर पूनोनमा वास बसे।
43तिनीहरू पूनोनबाट हिँड़ेर ओबोतमा वास बसे।
44तिनीहरू ओबोतबाट हिँड़ेर मोआबको सिमानामा भएको इयेअबारीममा वास बसे।
45तिनीहरू इयीमबाट हिँड़ेर दीबोनगादमा वास बसे।
46तिनीहरू दीबोन-गादबाट हिँड़ेर अल्‍मोन-दिब्‍लातैममा वास बसे।
47तिनीहरू अल्‍मोन-दिब्‍लातैमबाट हिँड़ेर नेबोनेरका अबारीमका पहाड़हरूमा वास बसे।
48तिनीहरू अबारीमका पहाड़हरूबाट हिँड़ेर यर्दन नदीको किनारमा यरीहोदेखि पारि मोआबको मैदानमा वास बसे। 49यर्दन नदीको किनारनेर मोआबको मैदानमा बेथ-यशीमोतदेखि लिएर हाबिल-शित्तिमसम्‍मै तिनीहरू वास बसे।
कनानीहरूलाई निकाल्‍ने आज्ञा
50तब यरीहोदेखि पारि यर्दन नदीको किनारनेर मोआबको मैदानमा परमप्रभुले मोशालाई भन्‍नुभयो, 51“इस्राएलीहरूलाई भन्‌: ‘जब तिमीहरू यर्दन नदी तरेर कनान देशमा पुग्‍छौ, 52तब तिमीहरूले त्‍यस देशका बासिन्‍दाहरू सबैलाई त्‍यहाँबाट धपाइदिनू, र उनीहरूका खोपिएका प्रतिमाहरू र ढलौटे मूर्तिहरू सबै नष्‍ट पारिदिनू। उनीहरूका डाँड़ाका थानहरू भत्‍काइदिनू। 53त्‍यो देश कब्‍जा गरेर तिमीहरू त्‍यहीँ बसोबास गर्नू, किनभने त्‍यो देश अधिकार गर्न मैले तिमीहरूलाई दिएको छु। 54तिमीहरूले आ-आफ्‍ना वंशअनुसार त्‍यस देशमा चिट्ठा हालेर हिस्‍सा बाँड्‌नू। धेरै परिवार हुने वंशलाई ठूलो अधिकार दिनू, र थोरै परिवार हुने वंशलाई तिमीहरूले सानै अधिकार दिनू। जसको चिट्ठा जहाँ पर्छ त्‍यो त्‍यसकै होस्‌। तिमीहरूका पुर्खाका कुलअनुसार तिमीहरूले हिस्‍सा बाँड्‌नू। #गन्ती २६:५४-५६
55“‘तर तिमीहरूले त्‍यस देशका बासिन्‍दाहरूलाई धपाएनौ भने, रहन दिएकाहरूचाहिँ तिमीहरूका आँखामा परेका छेस्‍का र जीउमा बिझेका काँढ़ाजस्‍तै हुनेछन्, र तिमीहरू जहाँ बसे पनि उनीहरूले तिमीहरूलाई दु:ख दिनेछन्‌। 56अनि मैले उनीहरूलाई जे गरुँला भनी ठानेको थिएँ, त्‍यो म तिमीहरूलाई गर्नेछु’।”

अहिले सेलेक्ट गरिएको:

गन्ती 33: NNRV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्