तब यरीहोदेखि पारि यर्दन नदीको किनारनेर मोआबको मैदानमा परमप्रभुले मोशालाई भन्नुभयो, “इस्राएलीहरूलाई भन्: ‘जब तिमीहरू यर्दन नदी तरेर कनान देशमा पुग्छौ, तब तिमीहरूले त्यस देशका बासिन्दाहरू सबैलाई त्यहाँबाट धपाइदिनू, र उनीहरूका खोपिएका प्रतिमाहरू र ढलौटे मूर्तिहरू सबै नष्ट पारिदिनू। उनीहरूका डाँड़ाका थानहरू भत्काइदिनू। त्यो देश कब्जा गरेर तिमीहरू त्यहीँ बसोबास गर्नू, किनभने त्यो देश अधिकार गर्न मैले तिमीहरूलाई दिएको छु। तिमीहरूले आ-आफ्ना वंशअनुसार त्यस देशमा चिट्ठा हालेर हिस्सा बाँड्नू। धेरै परिवार हुने वंशलाई ठूलो अधिकार दिनू, र थोरै परिवार हुने वंशलाई तिमीहरूले सानै अधिकार दिनू। जसको चिट्ठा जहाँ पर्छ त्यो त्यसकै होस्। तिमीहरूका पुर्खाका कुलअनुसार तिमीहरूले हिस्सा बाँड्नू। “‘तर तिमीहरूले त्यस देशका बासिन्दाहरूलाई धपाएनौ भने, रहन दिएकाहरूचाहिँ तिमीहरूका आँखामा परेका छेस्का र जीउमा बिझेका काँढ़ाजस्तै हुनेछन्, र तिमीहरू जहाँ बसे पनि उनीहरूले तिमीहरूलाई दु:ख दिनेछन्। अनि मैले उनीहरूलाई जे गरुँला भनी ठानेको थिएँ, त्यो म तिमीहरूलाई गर्नेछु’।”
गन्ती 33 पढ्नुहोस्
सुन्नुहोस् गन्ती 33
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: गन्ती 33:50-56
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू