YouVersion लोगो
खोज आइकन

गन्ती 19

19
शुद्धीकरणका विधिहरू
1परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो, 2“परमप्रभुले दिनुभएको व्‍यवस्‍थाको एउटा विधि यही हो: निष्‍खोट र निष्‍कलङ्क, कहिल्‍यै जुवा नपरेको एउटा रातो कोरली तिनीहरूकहाँ ल्‍याउनू भनी इस्राएलीहरूलाई भन। तिनीहरूले ल्‍याऊन्‌। 3तिमीहरूले एलाजार पूजाहारीलाई त्यो दिनू, र त्‍यसलाई छाउनीबाहिर ल्‍याइओस्, र उसको सामुन्‍ने त्‍यो मारिओस्‌। 4त्‍यसपछि एलाजार पूजाहारीले आफ्‍नो औँलाले त्‍यसको रगत लिएर भेट हुने पालको अगिल्‍तिर सात चोटि छर्कोस्‌। 5उसका नजरको सामु त्‍यो कोरली, त्‍यसको छाला, मासु, रगत र गोबरसमेत जलाइओस्‌। 6तब पूजाहारीले देवदारुको काठ, हिसप, सिन्‍दूरे रङ्गको ऊन लिएर जलिरहेको कोरलीमा फालिदेओस्‌। 7त्‍यसपछि पूजाहारीले आफ्‍ना लुगा धोओस्‌ र पानीले नुहाएर छाउनीमा फर्कोस्‌। तर त्‍यो पूजाहारी साँझसम्‍म अशुद्ध रहनेछ। 8त्‍यसलाई जलाउनेले पनि आफ्‍ना लुगा धोओस्‌ र पानीले नुहाओस्‌। साँझसम्‍मै ऊ पनि अशुद्ध रहनेछ।
9“कुनै एक जना शुद्ध मानिसले त्‍यस कोरलीको खरानी बटुलेर छाउनीदेखि बाहिर कुनै शुद्ध ठाउँमा शुद्धीकरणका पानीको निम्‍ति इस्राएली समुदायले त्‍यो राखिओस्‌। त्‍यो पाप-शुद्धिको निम्‍ति हो। #हिब ९:१३ 10कोरलीको खरानी बटुल्‍नेले आफ्‍ना लुगा धोओस्, र साँझसम्‍मै ऊ पनि अशुद्ध रहनेछ। इस्राएलीहरू र तिनीहरूका बीचमा प्रवास गर्ने परदेशीका निम्‍ति पनि यो अनन्‍तको विधि होस्‌।
11“मान्‍छेको लाश छुने व्‍यक्ति सात दिनसम्‍म अशुद्ध रहनेछ। 12त्‍यसले आफूलाई त्‍यस पानीले तेस्रो र सातौँ दिनमा चोख्‍याओस्, अनि त्‍यो शुद्ध हुनेछ। तर त्‍यसले तेस्रो र सातौँ दिनमा आफूलाई चोख्‍याएन भनेता त्‍यो शुद्ध हुँदैन। 13जसले कसैको लाश छोएर आफूलाई चोख्‍याउँदैन, त्‍यसले परमप्रभुको पवित्र वासस्‍थान अशुद्ध पार्छ। त्‍यो मानिस इस्राएलीहरूबाट बहिष्‍कार गरिओस्‌। शुद्धीकरणको पानी त्‍यसमाथि छर्किएन, यसैकारण त्‍यो अशुद्धै छ। त्‍यसको अशुद्धि त्‍यसमाथि रहिरहनेछ।
14“कुनै मानिस पालमा मर्‍यो भने त्‍यसको बारे नियम यही हो: त्‍यस पालमा आउने र पालभित्र हुने हरेक मानिस सात दिनसम्‍म अशुद्ध हुन्‍छ। 15ढकनी नलगाएको हरेक खुला भाँड़ा अशुद्ध हुन्‍छ।
16“बाहिरतिर तरवारले मारिएको वा आफै मरेको लाश अथवा मानिसको हड्डी अथवा चिहान जसले छुन्‍छ, त्‍यो सात दिनसम्‍म अशुद्ध हुन्‍छ।
17“त्‍यस अशुद्ध मानिसको निम्‍ति पापबलिको जलाइएको खरानी लिएर भाँड़ामा हाली बगुवा पानी पनि त्‍यसमा हाल्‍नू। 18तब कुनै शुद्ध मानिसले हिसप लिई त्‍यस पानीमा चोपेर पाल र त्‍यसमा भएका भाँड़ाकुँड़ामाथि र त्‍यहाँ भएका मानिसहरूमाथि, अनि हड्डी, मारिएको वा आफै मरेको लाश, वा चिहान छुनेमाथि छर्कोस्‌। 19शुद्ध मानिसले अशुद्ध भएकोमाथि तेस्रो र सातौँ दिनमा त्‍यो पानी छर्कोस्‌। सातौँ दिनमा चाहिँ उसले त्‍यसलाई चोख्‍याओस्, र त्‍यसले आफ्‍ना लुगा धोई नुहाओस्, अनि साँझमा त्‍यो शुद्ध हुनेछ। 20तर अशुद्ध हुने मानिसले आफूलाई चोख्‍याएन भनेता त्‍यो व्‍यक्ति समुदायबाट बहिष्‍कार गरिओस्, किनभने त्‍यसले परमप्रभुको पवित्रस्‍थान अशुद्ध पार्‍यो। त्‍यसमाथि शुद्धीकरणको पानी छर्किएन, यसैकारण त्‍यो अशुद्धै रहन्‍छ। 21तिनीहरूका निम्‍ति यो अनन्‍तको विधि होस्‌।
“शुद्धीकरणको पानी छर्कनेले पनि आफ्‍ना लुगा धोओस्‌। त्‍यो शुद्धीकरणको पानी छुने पनि साँझसम्‍म अशुद्ध रहनेछ। 22अशुद्ध मानिसले जेसुकै छोए पनि त्‍यो अशुद्ध हुन्‍छ, र त्‍यो छुने पनि साँझसम्‍म अशुद्ध हुन्‍छ।”

अहिले सेलेक्ट गरिएको:

गन्ती 19: NNRV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्