परमप्रभुले मोशालाई भन्नुभयो, “इस्राएलीहरूलाई भनेर तिनीहरूका पुर्खाका कुल-कुलबाट एक-एक वटा गरी बाह्र वटा लौराहरू ले, र तिनीहरू हरेकको नाउँ तैंले तिनीहरूको आ-आफ्नो लहुरोमा लेख्। लेवीका कुलको लहुरोमा तैंले हारूनको नाउँ लेख्, किनकि हरेक कुलको प्रमुख मानिसको निम्ति एउटा लहुरो हुनुपर्छ। भेट हुने पालमा गवाही-पाटीको सामुन्ने मैले तिमीहरूसित भेट गर्ने ठाउँमा ती राखिदे। जुन मानिसलाई म रोज्छु, त्यसको लहुरो टुसाउनेछ। यसरी इस्राएलीहरूले तेरो विरुद्धमा सुनाउने गनगन म बन्द गरिदिनेछु।” तब मोशाले इस्राएलीहरूलाई यो कुरा सुनाए, र तिनीहरूका नायकहरूले आ-आफ्ना पुर्खाको कुलअनुसार हरेक कुलनायकको निम्ति एक-एक वटा गरी बाह्र वटा लौराहरू तिनलाई दिए। हारूनको लहुरो पनि तिनीहरूका लौराहरूका बीचमा थियो। मोशाले ती लौराहरू लिएर गवाही-पाटीको पालमा परमप्रभुको सामुन्ने राखिदिए। भोलिपल्ट मोशा गवाही-पाटीको पालमा गए। अनि लेवी घरानाको निम्ति राखेको हारूनको लहुरोमा कोपिला लागेको रहेछ, र कोपिला लागेर फूल फुलेको र हाड़े-बदाम पनि पाकिसकेको रहेछ। तब मोशाले सबै लौराहरू परमप्रभुको सामुन्नेबाट इस्राएलीहरूकहाँ ल्याए र हेरेर हरेकले आ-आफ्नो लहुरो लिए। परमप्रभुले मोशालाई भन्नुभयो, “विद्रोही पुस्ताको विरुद्धमा चिन्हको निम्ति हारूनको लहुरोलाई गवाही-पाटीको सामु फेरि लगेर राख्, र मेरो विरुद्ध तिनीहरूको गनगन तैंले अन्त गरिदे, नत्रता तिनीहरू मर्लान्।” परमप्रभुले आज्ञा गर्नुभएअनुसार मोशाले सबै गरे।
गन्ती 17 पढ्नुहोस्
सुन्नुहोस् गन्ती 17
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: गन्ती 17:1-11
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू