YouVersion लोगो
खोज आइकन

गन्ती 11:4-9

गन्ती 11:4-9 NNRV

अनि तिनीहरूसँग भएको एक हुल्‍याहा समूह साह्रै लालची भयो, र इस्राएलीहरूले फेरि रोएर भन्‍न लागे, “हामीले मासु खान पाए त हुन्‍थ्‍यो! हामीले मिश्रदेशमा सित्तैमा खान पाएका माछा हामी सम्‍झन्‍छौं— अनि काँक्रा, खरबूजा, कन्दहरू, प्‍याज र लसुन पनि। तर अब त हाम्रो रुचि हराएको छ। यो मन्‍न छोड़ी अरू केही कुरा देखिँदैन।” मन्‍नचाहिँ धनियाँजस्‍तो थियो, र हेर्दा खोटोजस्‍तै देखिन्‍थ्‍यो। मानिसहरू गएर त्‍यो जम्‍मा गर्थे, जाँतोमा पिँध्‍थे वा ओखलीमा कुट्‌थे, र भाँड़ामा पकाएर फुरौला बनाउँथे। त्‍यसको स्‍वाद भद्राक्षको तेलले पकाएको कुरोजस्‍तो थियो। छाउनीमा राती शीत झर्दा मन्‍न पनि सँगै झर्थ्‍यो।