YouVersion लोगो
खोज आइकन

नहेम्‍याह 9:1-3

नहेम्‍याह 9:1-3 NNRV

त्‍यही महिनाको चौबीसौँ दिनमा इस्राएलीहरू भाङ्‌ग्रा लगाई आ-आफ्‍नो शिरमा धूलो हालेर उपवासको निम्‍ति भेला भए। इस्राएली वंशकाहरूले सबै विदेशीहरूबाट आफूलाई अलग गरेका थिए। तिनीहरू खड़ा भई आफ्‍ना पाप र आफ्‍ना पुर्खाहरूको अधर्म स्‍वीकार गरे। तिनीहरू आ-आफ्‍नो स्‍थानमा खड़ा भए र पहिलो एक पहरचाहिँ परमप्रभु तिनीहरूका परमेश्‍वरका व्‍यवस्‍थाको पुस्‍तक पढ़े। अनि तिनीहरूले अर्को एक पहरचाहिँ आ-आफ्‍ना पापको स्‍वीकार गर्दै परमप्रभु आफ्‍ना परमेश्‍वरको आराधना गर्दैरहे।