सातौँ महिना लाग्दा जब इस्राएलीहरू आ-आफ्ना सहरहरूमा स्थापित भएका थिए, तब सबै मानिसहरू पानी ढोकाका सामुको चोकमा एउटै मानिसजस्तै गरी भेला भए। परमप्रभुले इस्राएललाई आज्ञा गर्नुभएको मोशाका व्यवस्थाको पुस्तक ल्याउन तिनीहरूले शास्त्री एज्रालाई भने। यसर्थ सातौँ महिनाको पहिलो दिनमा पूजाहारी एज्राले समुदायको सामुन्ने, अर्थात् सुनेका कुरा बुझ्न सक्ने सबै पुरुष र स्त्रीहरूका सामुन्ने व्यवस्थाको पुस्तक ल्याए। तिनले त्यसबाट पानी ढोकाका सामुको चोकपट्टि फर्केर बिहानदेखि मध्यदिनसम्म पुरुष, स्त्री र बुझ्नेहरूको उपस्थितिमा पढ़े; र सबै मानिसहरूले व्यवस्थाको पुस्तकबाट पढ़िएको कुरा ध्यानसँग सुने। शास्त्री एज्रा त्यस्तै कामको लागि बनाइएको एउटा काठको मञ्चमा उभिए। तिनको दाहिने हातपट्टि तिनको छेउमा मत्तित्याह, शेमा, अनायाह, उरियाह, हिल्कियाह र मासेयाह खड़ा थिए। तिनको देब्रेपट्टि पदायाह, मीशाएल, मल्कियाह, हाशूम, हशबदाना, जकरिया, र मशुल्लाम उभिएका थिए।
नहेम्याह 8 पढ्नुहोस्
सुन्नुहोस् नहेम्याह 8
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: नहेम्याह 8:1-4
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू