पाँचौँ पल्ट सन्बलतले आफ्नो सहायकसित त्यस्तै किसिमको खबर पठाए। त्यो समाचारवाहक खुला पत्र लिएर मकहाँ आयो। त्यसमा यस्तो लेखिएको थियो: “जातिहरूका बीचमा यस्तो कुरा फैलिएको छ, र यस कुरालाई गेशेमले पनि पुष्टि गर्दछन्, कि तिमी र यहूदीहरूले विद्रोहको षड्यन्त्र रच्दैछौ, यसैकारण त तिमीहरूले पर्खाल पुनर्निर्माण गरिरहेका छौ। अनि यस्तो पनि सुनिँदैछ, कि तिमी आफैचाहिँ राजा हुन लागेका छौ। र तिमीले आफ्नो विषयमा यरूशलेममा यही घोषणा गर्न अगमवक्ताहरू नियुक्त गरेका छौ: ‘यहूदामा राजा छन्।’ महाराजाले निश्चय नै यो कुरा सुन्नुहुनेछ। यसैले झट्टै यस विषयमा कुरा गर्न आऊ, र हामी कुरा गरौं।” तर मैले यस्तो जवाफ पठाएँ, “तिमीले दोष लगाएको कुनै पनि कुरो साँचो छैन। यी सबै मन गड़न्ते कुरा हुन्।” हाम्रा परिश्रम गर्ने हातहरू दुर्बल होऊन् र हाम्रो काम कहिल्यै नसिद्धिओस् भन्ने आशाले उनीहरूले हामीलाई घुर्की दिने चेष्टा गर्दैथिए। तर मैले प्रार्थना गरें, “अब हे परमेश्वर, मेरा हात बलिया पार्नुहोस्।”
नहेम्याह 6 पढ्नुहोस्
सुन्नुहोस् नहेम्याह 6
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: नहेम्याह 6:5-9
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू