YouVersion लोगो
खोज आइकन

मर्कूस 9:42-50

मर्कूस 9:42-50 NNRV

“जसले ममाथि विश्‍वास गर्ने यी सानाहरूमध्‍ये एक जनालाई बाधा देला, त्‍यसको निम्‍ति त बरु एउटा ठूलो जाँतोको ढुङ्गा त्‍यसको घिच्रोमा झुण्‍ड्याएर त्‍यसलाई समुद्रमा फालिदिनु असल हुनेथियो। यदि तिम्रो हातले तिमीलाई बाधा दिन्‍छ भने त्‍यसलाई काटिदेऊ। दुई हात भएर नरकको ननिभ्‍ने आगोमा जानुभन्‍दा डुँड़ो भएर जीवनमा पस्‍नु तिम्रो निम्‍ति असल हो। [ नरकमा त न कीराहरू मर्दछन्, न आगो नै निभ्‍दछ।] अनि तिम्रो खुट्टाले तिमीलाई बाधा दिन्‍छ भने त्‍यसलाई काटिदेऊ। दुई खुट्टा भएर नरकमा फालिनुभन्‍दा त खोरन्‍डो भएर जीवनमा पस्‍नु तिम्रो निम्‍ति असल हो। [ नरकमा न कीराहरू मर्दछन्, न आगो नै निभ्‍दछ।] यदि तिम्रो आँखाले तिमीलाई बाधा दिन्‍छ भने त्‍यसलाई झिकेर फालिदेऊ। दुई आँखा भएर नरकमा फालिनुभन्‍दा त एक आँखा भएर परमेश्‍वरको राज्‍यमा पस्‍नु तिम्रो निम्‍ति असल हो। नरकमा त न कीरा मर्दछन्, न आगो नै निभ्‍दछ। किनकि प्रत्‍येकलाई आगोले नै नुनिलो पार्छ। “नून असल हो, तर नूनको स्‍वाद गयो भने त्‍यो केले स्‍वादिलो तुल्‍याउने? तिमीहरू आफू-आफूमा नून राख, र आपसमा शान्‍तिमा रहो।”