मर्कूस 9:30-31

मर्कूस 9:30-31 NNRV

अनि त्‍यहाँबाट निस्‍केर उहाँहरू गालील भएर जानुभयो। यो कुरा कसैले थाहा नपाओस्‌ भन्‍ने उहाँको इच्‍छा थियो, किनकि उहाँले आफ्‍ना चेलाहरूलाई शिक्षा दिँदैहुनुहुन्‍थ्‍यो। उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मानिसको पुत्र मानिसहरूका हातमा सुम्‍पिदिइनेछ, र तिनीहरूले उसलाई मार्नेछन्, र ऊ मारिएको तीन दिनपछि फेरि जीवित भई उठ्‌नेछ।”