ती दिनमा फेरि एउटा ठूलो भीड जम्मा भयो, तर तिनीहरूसित खानेकुरो केही थिएन। तब येशूले चेलाहरूलाई आफूकहाँ बोलाएर भन्नुभयो, “यस भीड़लाई म टिठ्याउँछु, किनभने यिनीहरू मसँग रहेका आज तीन दिन भयो, र यिनीहरूसित खानलाई केही छैन। अनि यदि यिनीहरूलाई भोकै घर पठाएँ भने यिनीहरू बाटोमै मूर्च्छा पर्नेछन्। यिनीहरूमध्ये कोही-कोही टाढ़ाबाट आएका छन्।” उहाँका चेलाहरूले उहाँलाई भने, “यस निर्जन स्थानमा यिनीहरूलाई कसरी रोटी खुवाउने?” उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरूसित कति वटा रोटी छन्?” तिनीहरूले भने, “सात वटा” उहाँले भीड़लाई भूइँमा बस्ने हुकुम दिनु भएर, सात वटा रोटी हातमा लिई धन्यवाद दिनुभएपछि रोटी भाँच्नुभयो, र मानिसहरूका अगि राख्न भनी चेलाहरूलाई दिनुभयो, र तिनीहरूले मानिसहरूका अगि राखिदिए। तिनीहरूसित केही ससाना माछाहरू पनि थिए, र उहाँले आशीर्वाद दिएर ती पनि तिनीहरूका अगाडि राख्न लाउनुभयो। अनि मानिसहरूले खाए, र तृप्त भए। अनि उब्रेका टुक्राहरू तिनीहरूले सात डालाभरि उठाए। त्यहाँ प्राय: चार हजार मानिसहरू थिए। उहाँले तिनीहरूलाई बिदा गरी पठाउनुभयो, अनि उहाँचाहिँ आफ्ना चेलाहरूसँग तुरुन्तै डुङ्गामा चढ़ेर दलमनुथाको क्षेत्रमा जानुभयो।
मर्कूस 8 पढ्नुहोस्
सुन्नुहोस् मर्कूस 8
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 8:1-10
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू