मर्कूस 5:2-10

मर्कूस 5:2-10 NNRV

येशू डुङ्गाबाट बाहिर निस्‍कनेबित्तिकै चिहानबाट अशुद्ध आत्‍मा लागेको एक जना मानिसले उहाँलाई भेट्यो। त्‍यो चिहानहरू हुँदो बस्‍दथ्‍यो। कसैले पनि त्‍यसलाई साङ्‌लाले समेत बाँध्‍न सक्‍दैनथ्‍यो। किनकि त्‍यो धेरै पल्‍ट नेल र साङ्‌लाहरूले बाँधिएको थियो, र पनि त्‍यसले साङ्‌लाहरू टुक्रा-टुक्रा पारी छिनाल्‍थ्‍यो। कुनै मानिसले पनि त्‍यसलाई वशमा पार्न सकेको थिएन। त्‍यो रात र दिन सधैँ चिहानहरू र डाँड़ाहरूमा कराउँदै आफूले आफैलाई ढुङ्गाले काट्दै हिँड्‌थ्यो। अनि जब त्‍यसले येशूलाई टाढ़ैबाट देख्‍यो तब दौड़ेर आयो, र उहाँलाई दण्‍डवत्‌ गर्‍यो। अनि ठूलो सोरले चिच्‍च्‍याएर त्‍यसले भन्‍यो, “हे सर्वोच्‍च परमेश्‍वरका पुत्र येशू, तपाईंको मसँग के सरोकार? म परमेश्‍वरमा शपथ खाएर तपाईंलाई बिन्‍ती गर्दछु, कि मलाई दुःख नदिनुहोस्‌।” किनकि उहाँले त्‍यसलाई भन्‍नुभएको थियो, “ए अशुद्ध आत्‍मा, त्‍यस मानिसबाट निस्‍किआइज।” अनि उहाँले त्‍यसलाई सोध्‍नुभयो, “तेरो नाउँ के हो?” त्‍यसले उहाँलाई भन्‍यो, “मेरो नाउँ त फौज हो, किनकि हामी धेरै छौं।” ती भूतात्‍माहरूलाई त्‍यस इलाकाबाहिर ननिकालिदिनुहोस्‌ भनी त्‍यसले उहाँलाई आग्रहपूर्वक बिन्‍ती गर्‍यो।