यूहन्नाका चेलाहरू र फरिसीहरू उपवास बस्तथिए। मानिसहरूले आएर उहाँलाई भने, “यूहन्नाका चेलाहरू र फरिसीका चेलाहरू उपवास बस्तछन्, तर तपाईंका चेलाहरू किन उपवास बस्दैनन्?” येशूले तिनीहरूलाई भन्नुभयो, “के दुलहा तिनीहरूका साथमा रहुञ्जेल जन्तीहरू उपवास बस्छन् र? जहिलेसम्म दुलहा तिनीहरूका साथमा हुन्छन् तिनीहरू उपवास बस्दैनन्। तर समय आउनेछ, जब दुलहा तिनीहरूबाट अलग गराइनेछन्, तब तिनीहरू त्यस दिन उपवास बस्नेछन्। “कसैले पुरानो लुगामा नयाँ कपड़ाको टालो हाल्दैन, नत्रता टालेको कपड़ा फाटिनिस्कन्छ, अर्थात् नयाँ पुरानोबाट फाटेर निस्कन्छ, र फटाइ झन् नराम्रो हुनेछ। अनि कसैले नयाँ दाखमद्य पुरानो छालाको मशकमा हाल्दैन, नत्रता त्यस दाखमद्यले छालाका मशकहरू फुटाइदिन्छ, र दाखमद्य र मशक पनि नष्ट हुन्छन्। तर नयाँ दाखमद्यचाहिँ नयैँ भाँड़ामा हालिन्छ।” एक शबाथ-दिन उहाँ अन्नका खेतहरूबाट भएर जाँदैहुनुहुन्थ्यो। त्यताबाट जाँदा उहाँका चेलाहरूले हिँड्दाहिँड्दै अन्नका बाला टिप्न लागे। यो देखेर फरिसीहरूले उहाँलाई भने, “हेर्नुहोस्, शबाथ-दिनमा जे गर्नु अनुचित छ तिनीहरू किन त्यही गर्दछन्?” उहाँले तिनीहरूलाई भन्नुभयो, “जब दाऊद र तिनीसँग हुनेहरू खाँचोमा परेका र भोकाएका थिए तब दाऊदले के गरे? के तिमीहरूले कहिल्यै पढ़ेका छैनौ? प्रधान पूजाहारी अबियाथारको पालोमा परमेश्वरको भवनमा तिनी पसे, र परमेश्वरलाई चढ़ाइएको रोटी खाए, जो पूजाहारीले बाहेक अरूले खान अनुचित छ, र त्यो रोटी तिनको साथमा हुनेहरूलाई पनि दिए।” तिनीहरूलाई उहाँले भन्नुभयो, “शबाथ-दिन मानिसको लागि बनेको हो, मानिस शबाथ-दिनको निम्ति होइन। यसैकारण मानिसको पुत्र शबाथ-दिनको पनि प्रभु हो।”
मर्कूस 2 पढ्नुहोस्
सुन्नुहोस् मर्कूस 2
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 2:18-28
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू