YouVersion लोगो
खोज आइकन

मर्कूस 12:38-40

मर्कूस 12:38-40 NNRV

तब शिक्षा दिनुहुँदा येशूले भन्‍नुभयो, “शास्‍त्रीहरूदेखि होशियार रहो। तिनीहरू लामो वस्‍त्र लाएर यताउता डुल्‍न र बजारहरूमा अभिवादन पाउन, तथा सभाघरहरूमा प्रमुख स्‍थान र भोजहरूमा आदरको स्‍थान पाउन रुचाउँछन्‌। तिनीहरू विधवाहरूका घर लुट्‌छन्, तर लोकाचारको लागि लामो-लामो प्रार्थना गर्दछन्‌। यस्‍ता मानिसहरूले अझ बढ़ी दण्‍ड पाउनेछन्‌।”