जब्दियाका दुई छोराहरू, याकूब र यूहन्ना उहाँकहाँ आएर भने, “गुरुज्यू, हामी तपाईंसँग जे माग्छौं तपाईंले हाम्रा निम्ति गरिदिनुहोस् भन्ने हाम्रो इच्छा छ।” उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरूका निम्ति म के गरिदिऊँ भन्ने तिमीहरूको इच्छा छ?” तिनीहरूले उहाँलाई भने, “तपाईंको महिमामा हामीमध्ये एक जना तपाईंको दाहिनेपट्टि र अर्को तपाईंको देब्रेपट्टि बस्न पाउने मन्जूरी हामीलाई दिनुहोस्।” तर येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू के माग्दछौ सो तिमीहरू जान्दैनौ। के जुन कचौरा म पिउँछु, त्यो तिमीहरू पिउन सक्छौ? अथवा जुन बप्तिस्मा मैले लिएको छु, त्यो बप्तिस्मा तिमीहरू लिन सक्छौ?” तिनीहरूले उहाँलाई भने, “हामी सक्छौं।” येशूले तिनीहरूलाई भन्नुभयो, “जुन कचौरा म पिउँछु त्यो तिमीहरू पिउनेछौ, र जुन बप्तिस्मा मैले लिएको छु त्यो बप्तिस्मा तिमीहरू लिनेछौ। तर मेरो दाहिनेपट्टि र मेरो देब्रेपट्टि बस्न दिनुचाहिँ मैले दिने होइन, यो त जस-जसको निम्ति तयार भइराखेको छ, तिनीहरूकै निम्ति हो।” यो सुनेर दशै जना चेलाहरू याकूब र यूहन्नासँग रिसाए। तब येशूले तिनीहरूलाई आफूकहाँ बोलाएर भन्नुभयो, “तिमीहरू जान्दछौ कि अन्यजातिहरूमाथि शासन गर्नेहरूले तिनीहरूमाथि अख्तियार चलाउँछन्। अनि तिनीहरूका ठूलाठालुहरूले तिनीहरूमाथि अधिकार चलाउँछन्। तिमीहरूमा चाहिँ त्यसो हुनुहुँदैन। तर तिमीहरूमा जसले ठूलो हुने इच्छा गर्दछ, त्यो तिमीहरूको सेवक हुनुपर्दछ। अनि तिमीहरूमा जसले पहिलो हुने इच्छा गर्दछ, त्यो सबैको दास हुनैपर्दछ। किनकि मानिसको पुत्र सेवा पाउन होइन, तर सेवा गर्न र धेरैका छुटकाराको मोलको निम्ति आफ्नो प्राण दिन आएको हो।”
मर्कूस 10 पढ्नुहोस्
सुन्नुहोस् मर्कूस 10
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 10:35-45
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू